Rule 126
वन बीउ उचचान सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ७५ बमोजिम वन विकासको लागि मन्त्रालयले गुणस्तरीय वन बीउ उत्पादन गर्न राष्ट्रिय वनको कुनै भागलाई वन बीउ उच्चानको रुपमा घोषणा गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिमको वन बीउ उद्यानको संरक्षण र व्यवस्थापन विभागसँगको समन्वयमा डिभिजन वन कार्यालयले गर्नेछ।

(३) वन बीउको सङ्कलन र अध्ययन अनुसन्धानका लागि आधुनिक प्रविधि र स्थानीय बासिन्दाको परम्परागत ज्ञानको उपयोग गर्न सकिनेछ।